२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानले नेदरल्यान्ड्सलाई दियो २८७ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीचको खेल जारी छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई २८६ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन जोड्यो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७५ बलमा ६८ रन जोड्दा साउद शकिलले ५२ बलमा ६८ रन जोडे ।

रिजवानले ८ चौका प्रहार गरे भने शकिलले ९ चौका र १ छक्का प्रहार गरे । यस्तै, मोहम्मद नवाजले ४३ बलमा ३९ रन जोडे भने शादाब खानले ३४ बलमा ३२ रन जोडे । फखर जमानले १५ बलमा १२, इमाम उल हकले १९ बलमा १५, शहिन शाह अफ्रिदी १२ बलमा १३ रनमा अविजित रहे भने हरिस रउफले १४ बलमा १६ रन जोडे ।

नेदरल्यान्ड्सका लागि बास डे लिडेले ४ विकेट लिए भने कोलीन अकरमनले २ तथा आर्यान दत्त, लोगान भान वीक र पउल भान मिकरेनले एक–एक विकेट लिए ।