२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासल र वेस्टहामको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेड र न्युक्यासल युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको वेस्टहाम युनाइटेडको लण्डन स्टेडियममा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको आठौं मिनेटमा नै टोमस सोउसेकले गोल गर्दै घरेलु टोली वेस्टहामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५७ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्याललाई १–१ गोलको बराबरीमा ल्याए । ६२ औं मिनेटमा इसाकले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै न्युक्यासललाई २–१ गोलले अघि बढाए ।

यता, ८९ औं मिनेटमा मोहम्मद कुडुसले गोल गर्दै वेस्टहामलाई २–२ गोलको बराबरीसहित हारबाट जोगाए ।

यो नतिजासँगै वेस्टहाम ८ खेलबाट १४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने न्युक्यासल समान खेलबाट १३ अंकका साथ आठौं स्थानमा छ ।