५ असार २०८३, शुक्रबार
,
Latest
श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, फाइनलमा नेपालको भेट नेदरल्यान्ड्ससँग



अ+ अ-

काठमाडौं । वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल काठमाडौंमा जारी त्रिकोर्णात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ । 

बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्र्धा गर्नेछन् । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रनको जोडेको थियो ।

तर, मलेसियाको इनिङमा पुनः वर्षा भएपछि १० ओभरमा घटाइएको खेलबाट ९२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको  मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी सकिएको थियो । वर्षाका कारण ‘कट अफ् टाइम’ अवधि सकिएको खेलमा अम्पायरले सुपर ओभरमा नजाने निर्णय गरेसँगै खेल बराबरीमा टुङ्गिएको हो ।

बराबरीको नतिजाले नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो ।  पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ५ अंक छ । मलेसियाले एक अंक जोड्दा शृखंलाको यात्रा समाप्त भएको छ । यद्यपि मलेशियाले बिहीबार नेपालसँग प्रतिस्पर्धा गर्न बाँकी छ । खेलको नतिजा जे भए पनि त्यसले फाइनलको समीकरणमा कुनै असर पार्नेछैन । यस अघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि बेन कुपरले नेदरल्यान्ड्सका लागि ३२ बलमा ५४ रनको इनिङ खेलेका थिए । त्यस्तै कप्तान पिटर सिलारले ३७ रनको योगदान गर्दा अन्य ब्याट्म्यानले राम्रो स्कोर छुन सकेनन् । मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले १÷१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाका लागि साइद अजिजले ३०, अनवार अरुद्धिनले २३, विरनदिप सिंहले १४ रनको पारी खेले । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राट र बस दी लिड र विवियान किङ्माले १÷१ विकेट लिए ।