२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून समितिमा दुई उपसमितिले प्रतिवेदन बुझाए



अ+ अ-

काठमाडौँ । सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले समिति समक्ष प्रतिवेदन पेश गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले सक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको थियो ।

समितिको मंगलवार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समितिसमक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिले प्रतिवेदन पेश गरेको हो । प्रतिवेदनमा ४ वटा विषयलाई थप छलफल गर्नुपर्ने गरी सिफारिस गरिएको छ । समिति सभापति विमला सुवेदीले उपसमितिले दिएको प्रतिवेदनको सम्बन्धमा समितिको आगामी बैठकमा छलफल गरिने जानकारी दिनुभयो ।

त्यस्तै, सम्पती शुद्धीकरण(मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिले पनि प्रतिवेदन समिति समक्ष पेश गरेको छ । सो प्रतिवेदनको सम्बन्धमा समितिमा भोलि(बुधवार) थप छलफल गरी पारित गरेर आगामी संसद बैठकमा पठाइने पनि समिति सभापति सुवेदीले बताउनु भयो ।