२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विश्वकप: पाकिस्तानद्वारा श्रीलंका पराजित, एकै खेलमा चार शतक



अ+ अ-

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको दिवारात्रि खेलमा पाकिस्तानले श्रीलंकालाई सनसनीपूर्ण रुपमा छ विकेटले पराजित गरेको छ ।

भारतको हैदराबादमा भएको यस खेलमा श्रीलंकाले दिएको ३४५ रनको विशाल लक्ष पाकिस्तानले ४ विकेट गुमाएर १० बल बाँकी छँदै पूरा गरेर इतिहास रचेको थियो । यति ठूलो स्कोर डिफेन्ड गरेको विश्वकपकै इतिहासमा यो पहिलो हो ।

श्रीलंका लगातार दुई खेलमा पराजित भएको छ । यसअघि श्रीलंका न्युजील्यान्डसँग स्तब्ध भएको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका लागि कुशल मेन्डिसले आक्रामक १२२ तथा सदिरा समरविक्रमाले १०८ रन बनाएका थिए । यस्तै पथुम निसान्काले ५१, धनन्जय डा सिल्भाले २५ रनको योगदान गरे ।

पाकिस्तानी बलरहरु हसन अलिले ४, हारिस रौफले २, शाहिन शाह अफ्रिदी, मोहम्मद नबाज र शादाब खानले समान एकएक विकेट लिए ।

जितका लागि ३४५ रनको विशाल लक्ष पछ्याउने सम्भावना कमजोर रहेकै अवस्थामा पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम उल हक व्यक्तिगत १२ र अनुभवी कप्तान बाबर आजम १० रन बनाएर आउट भए ।

तर अर्का प्रारम्भिक ब्याट्सम्यान अब्दुल्लाहक शफिक र मध्यक्रमका खम्बा मोहम्मद रिज्वानले पाकिस्तानलाई विजयी लक्षसम्म डोर्याएका थिए । फखार जमानको स्थानमा खेल्ने मौका पाएका शफिकले ११३ रन बनाए भने रिज्वानले १३१ रन बनाए र उनी अन्तसम्म आउट भएनन्, र उनी प्लेयर अफ दी म्याच घोषित भए । रिज्वानले आफ्नो करिअरकै सबैभन्दा बढी रन बनाएका थिए ।

यस्तै साउद शकिलले ३१ तथा इफ्तिखार अहमदले अनटआउट २२ रन बनाए ।

श्रीलंकाका बलरहरु दिल्सान मधुसन्काले २, महिश थिक्साना र मथिसा पनिरानाले एकएक विकेट लिए । तर बलरहरुले २६ अतिरिक्त रन दिएका थिए भने फिल्डिङमा पनि कमजोरी देखिएको थियो ।
यो जितसँगै पाकिस्तान २ खेलबाट दुबै जित निकाल्दै चार अंक बनाएको छ, र लिग टेबलमा दोस्रो स्थानमा उक्लेको छ । पहिलो स्थानमा न्युजील्यान्ड छ, उसको पनि ४ अंक नै छ, तर रन रेटका आधारमा न्युजील्यान्ड अगाडि छ ।

बुधबार भारत र अफगानिस्तानबीच नयाँदिल्लीमा खेल हुनेछ ।




भर्खरै