२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज शुक्रबार एक खेल हुँदैछ । दिवारात्री अन्तर्गतको खेलमा आज न्युजिल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

यी दुई टोलीबीचको खेल चेन्नईको एम चिदम्बरम (चेपौक) मैदानमा नेपाली समयानुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो तथा उद्घाटन खेलमा इंग्ल्यान्डलाई तथा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको थियो ।

यता, बंगलादेश भने दोस्रो जितको खोजीमा छ । उसले २ खेलमा एक जित र एक हार बेहोरेको छ । पहिलो खेलमा अफगानिस्तानलाई हराएको बंगलादेश दोस्रो खेलमा भने इंग्ल्यान्डसँग १३७ रनले पराजित भएको थियो ।

अंकतालिकाका न्युजिल्यान्ड ४ अंकका साथ दोस्रो र बंगलादेश २ अंकका साथ छैटौं स्थानमा छन् ।