२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी र आर्सनलको बराबरी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको ‘लण्डन डर्बी’ खेलमा दुबै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा अग्रता भने घरेलु टोली चेल्सीले लिएको थियो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा १५ औं मिनेटमा कोल पाल्मेरले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । डी बक्सभित्र आर्सनलका डिफेन्डर विलियम सलिबाको हातमा बल लागेपछि चेल्सीले पेनाल्टी पाएको थियो ।

४८ औं मिनेटमा मिखाइलो मड्रिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । डीबक्स बाहिरबाट देब्रे खुट्टाले चिप बल प्रहार गर्दै उनले सुन्दर गोल गरे ।

यता, ७७ औं मिनेटमा डेक्लान राइसले गोल गर्दै आर्सनललाई १-२ को स्थितीमा ल्याए । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले बल पास दिँदा मिस भई राइसले सिधै प्रहार गर्दै डिबक्स बाहिरबाट वान टचमै गोल गरे ।

यस्तै, ८४ औं मिनेटमा लिन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याउँदै टोलीको अपराजित यात्रा कायमै राखे । बुकायो साकाले टाढाबाट उपलब्ध गराएको पासलाई उनले सदुपयोग गर्दै गोल गरे ।

यो नतिजासँगै आर्सनल ९ खेलबाट २१ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । चेल्सी समान खेलबाट १२ अंकका साथ १० औं स्थानमा छ ।