काठमाडौं । नेपाली नयाँ वर्षको अवसरमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुभकामना दिनुभएको छ ।
मरिसनले अस्ट्रेलियामा रहेका नेपालीलाई सम्बोधन गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुभएको हो ।
शुभकामना सन्देशमा मरिसनले भन्नुभएको छ ,‘नेपाली नयाँ वर्ष अस्ट्रेलियाली समुदायका लागि नेपालको मौलिक संस्कार र संस्कृति अनुभव गर्ने अवसर रहेको छ । अस्ट्रेलियाको युवा र ऊर्जावान समुदायको रूपमा तपाइँहरु हुनुहुन्छ, तपाइँहरुसँग सहकार्य गर्न अझै धेरै बाँकी छ।’












