१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर



अ+ अ-

काठमाडौँ: नेपालमा पछिल्लो समय धार्मिक पर्यटनको महत्व बढ्दैछ । सामाजिक सञ्जाल, टिकटक आदिका कारण पनि पहिले नचिनिएका धार्मिकस्थल, तीर्थस्थल आदिले चिनिने अवसर पनि पाएका छन् । हुनत नेपालका कैयौँ सम्पदा र यस्ता महत्वपूर्व धार्मिक तथा अध्यात्मिक स्थलहरु बत्तीमुनिको अँध्यारोकै अवस्थामा छन् । तर पछिल्लो समय आफ्नै क्षेत्रको विकास गरौँ, आफ्ना सम्पदाहरुको भ्रमण गरौँ भन्ने मान्यताका कारण यीनले चर्चा पाएका छन् ।

यस्तै एक महत्वपूर्ण स्थल हो काठमाडौँ र भक्तपुरको संगमस्थलमा रहेको पञ्चमहालक्ष्मी मन्दिर । भक्तपुरको छालिङस्थित श्रीबनमा अवस्थित यो पञ्चमहालक्ष्मीको मन्दिर हो । सम्भवत पञ्चमहालक्ष्मीको मन्दिर नेपालमा अन्यत्र छैन । मुक्तिनाथ पीठाधीश्वस स्वामी कमलनयनाचार्यको सत्सङ्कल्पबाट विसं २०५८ सालतिर निर्मित यो मन्दिर अहिले मन्दिरमा मात्र सीमित छैन, एक तीर्थस्थलका रुपमा विकास भएको छ ।

जसलाई नेपाल र भारतका समेत तीर्थयात्री, धार्मिक पर्यटकहरुले एक धामका रुपमा सम्मान गर्छन् र त्यहाँ पुग्ने गर्दछन् ।

स्वामी कमलनयनाचार्यको कल्पनामा विसं २०५७ सालमा पशुपतिनाथमा पाँच करोड दीप दान (दीप प्रज्ज्वलन) को आयोजना भएको थियो । त्यस समयमा त्यस अनुष्ठानको निकै प्रचार र प्रशंसा पनि भएको थियो । किनभने त्यस समयसम्म नेपालमा पाँच पाँच करोड बत्ती प्रज्ज्वलन गरिने कुराको कल्पना पनि थिएन, नत त्यस अघि त्यो बाहेक अन्यत्र कतै आयोजना भएको थियो ।

तर, मुक्तिनाथ बाबाले सुपरिचित उहाँको सत्सङ्कल्पबाट यो अनुष्ठान बडो सफलतापूर्वक सम्पन्न पनि भयो । त्यस अनुष्ठनमा लाखौँ भक्तजन सहभागी पनि भए र मुक्तिनाथ बाबाको जयजयकार गरे । भक्तजनहरुले आफैँले पनि दीपहरु (बत्ती) लगे र त्यस महान धार्मिक अभियानमा सहभागी भए । त्यसपछि सोही अनुष्ठनबाट बचेको रकमबाट यस पञ्चमहालक्ष्मी मन्दिरको निर्माण भएको हो ।

यो मन्दिरको संरचना बडो धार्मिक र पवित्रस्थलमा अवस्थित छ । श्रीस्वस्थानी व्रतकथामा आउने पवित्र शालीनदीको तटमा यो मन्दिर अवस्थित छ । जहाँ ब्रह्मपुराणमा आउने अर्को मणिचुँण नदीको पनि संगम छ । यही धार्मिक र पवित्र भूमी, देवभूमीको संगम नै आजको पञ्चमहालक्ष्मी धाम हो ।

उक्त पाँच करोड दीप प्रज्ज्वलनपछि त्यसबाट बचेखुचेको रकम कुन धार्मिक तीर्थस्थल निर्माणमा लगाउने होला भन्ने विषयमा सोचमग्न रहेका स्वामी कमलनयनाचार्यले एकदिन सपनामा सोही भूमि देख्नुभएको र त्यहाँ पञ्चमहालक्ष्मी मन्दिरको निर्माण गर्न महालक्ष्मी माताले आह्वान गर्नुभएको कुरा देख्नुभएको थियो । त्यसपछि उहाँ नै उक्त भूमिको दर्शनका लागि जानुभयो र आफ्नो सपना र सङ्कल्पको वास्तविकता सुनाउनुभयो ।

 

त्यसपछि उहाँकै आह्वानमा स्थानीयको जमिन लगायतका अन्य आवश्यक सहयोग पनि रह्यो र अहिलेको यस मन्दिरको निर्माण सम्भव भयो । स्वामी कमलनयनाचार्यले यस्तै धाम देवघाट (जसलाई उहाँले नै गजेन्द्रमोक्ष दीव्य धामको नामकरण गर्नुभएको) र बागलुङको पञ्चकोटमा पनि निर्माण गर्नुभएको छ । उहाँले नेपाल देवभूमि, तपोभूमि भएकाले यहाँ हजारौँ हजार यस्ता धाम र तीर्थस्थलको विकास गर्नुपर्ने धारणाका साथ अहिले पनि लाग्नुभएको छ ।