२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग हार्यो आर्सनल, अपराजित यात्रामा लाग्यो ‘ब्रेक’



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग १–० गोलले पराजित भएको हो ।

यता, न्युक्यासललाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल एन्थोनी गोर्डनले गरे । उनले जोएलिन्टनको पासमा खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै आर्सनल ११ खेलबाट २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । न्युक्यासल समान खेलबाट २० अंकका साथ छैटौं स्थानमा रहेको छ ।