२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर, अष्ट्रेलियासँग ३३ रनले पराजित



अ+ अ-

एजेन्सी । साविक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएसँगै टोलीको विश्वकपको यात्रा समाप्त भएको हो ।

७ खेलमा ६ पराजयपछि इंग्ल्याण्ड सेमिफाइनलको दौडबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि बंगलादेश पनि बाहिरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो । मार्नस लाबुसचेनले सर्वाधिक ७१ रन बनाए । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भएको थियो ।

बेन स्टोक्सले ६४ र डेभिड मलानले ५० रनको अर्धशतकीय पारी खेले । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने इङ्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए ।