२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै मिलेर यो विपत्तिको सामना गरौं ,लोकतन्त्र तपाईंहरूको साथ छ: राष्ट्रपति पौडेल -फोटो फिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गर्नुभएको छ । उहाँले हामी सबै मिलेर विपत्तिको सामना गर्न आग्रह गर्दै भन्नुभयो (सबै मिलेर यो विपत्तिको सामना गरौं । लोकतन्त्र तपाईंहरूको साथ छ।

भूकम्प प्रभावितहरुको अवस्था बुझ्न आज भुकम्पको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।”

विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो भन्नुभयो ।

उहाँले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो , “दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउदै नपाउने अवस्था नआओस । हामी सबै मिलेर विपतीको सामाना गरौ, लोकतन्त्र तपाईहरूको साथमा छ ।”राष्ट्रपति पौडेलले अहिले राजा महाराजको जमाना हैन, संघीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भुकम्प प्रभावितहरूको आवश्यक प्रवन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्छ भन्नुभयो ।

राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाका महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनकाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा दुःख परेको बेलामा पनि तपाईहरुसँगै छु भन्नुभयो । “यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद घटना हो, तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दीर्घकालिन पुर्नस्थापनाको प्रवन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर पनि म यहाँ आएको हु”, उहाँले भन्नुभयो ।

उहाँले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गर्नुभयो ।


सो अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराउनुभएको थियो । सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताउनुभएको थियो ।

भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुलाई भेट्नुभएको थियो भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गर्नुभएको थियो । साथै भूकम्पले क्षतिग्रस्त घरहरुको पनि अवलोकन गर्नुभएको थियो ।

त्यसपछि उहाँ यसपटकको भूकम्पको केन्द्रविन्दु वनेको जाजरकोटको रामीडाँडा क्षेत्र पुग्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गर्नुभएको थियो । राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी हुनुहुन्छ ।




भर्खरै