२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्प: प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य



अ+ अ-

भेरीगङ्गा । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताउनुभयो । अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताउनुभयो ।

घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताउनुभयो । रासस