२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनामा उमेर विवाद: उपरथी पाण्डेले दिए राजीनामा, सिग्देलको कागजपत्र पनि शंकाको घेरामा



अ+ अ-

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिनु भएको छ । उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले राजीनामा दिनुभएको हो ।

बुधबार नै राजीनामा पत्र तयार पार्नु भएका पाण्डेले बिहीबार साँझ राजीनामा बुझाउनु भएको सैनिक उच्च स्रोतले न्यूजपोलारलाई जानकारी दिएको छ ।

सैनिक नेतृत्वले सरोज प्रताप राणाको अवकाश पछि रिक्त रहेको रथी पदमा बढुवाका लागि पाण्डेको सिफारिस गरेको थियो तर पाण्डेको उमेरको विषयमा विवाद भएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने तयारी गरेको छ ।

दुई रथीमध्ये हाल सिताराम खड्का कार्यरत हुनुहुन्छ । अब रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देल रहनु भएको छ । सैनिक स्रोतका अनुसार जुन विषयमा पाण्डेको विवाद भएको हो भने  सिग्देलको पनि सोही अवस्था छ ।

अझ सिग्देलको शैक्षिक प्रमाणपत्र पनि शंकाको दायरामा रहेको स्रोतले जानकारी दियो । सिग्देल पनि बाहिरिएको अवस्थामा उपरथीद्वय निर्मल कुमार थापा र सन्तोष ढकालको बढुवा हुने सम्भावना रहेको स्रोतले जानकारी दियो ।