१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै धेरै संक्रमित थपिए



अ+ अ-

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् ।  

यो सङ्ख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् । 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् । 

यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । 

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।