१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ मन्त्रीले राष्ट्रपति भण्डारीबाट लिए सपथ



अ+ अ-

काठमाडौं । आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेताहरुले साबिककै मन्त्रालयमा पदभार ग्रहण गर्दै सपथ लिनुभएको छ । 

शुक्रबार साँझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा  सपथग्रहण गराउनुभएको हो । 

बिहीबार मात्र उहाँहरु चारैजनाको सासंद पद रिक्त भएको जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिशभालाई गराउनु भएको थियो । त्यस लगत्तै उहाँहरु मन्त्रीपद पनि रिक्त भएको थियो ।  नेकपा रहकै अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका चार नेता एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले मै रहनुभएको थियो ।

एमालेको बिभिन्न जिम्मेवारी लिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहालले २३ गते सोमबार संसद सचिवालयलाई एक पत्र पठाउदै उहाहरुले दल त्याग गरेका भन्दै सांसद पद रिक्त भएको जानकारी गराउनु भएको थियो ।