काठमाडौं । आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेतालाई प्रधानमन्त्री केपी ओलीले आज साबिककै मन्त्रालयमा मन्त्री नियुक्ति गर्दै हुनुहुन्छ ।
उहाँहरुले आज साँझ ५ बजे सपथग्रहण गर्ने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई शितलनिवासमा सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।
सांसद नभए पनि ६ महिना सांसद हुन पाउने सबैधानिक प्राबधान अनुसार प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा नियुक्ति गर्न लाग्नु भएको हो ।
बिहीबार मात्र उहाँहरु चारैजनाको सासंद पद रिक्त भएको जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिशभालाई गराउनु भएको थियो । त्यस लगत्तै उहाँहरु मन्त्रीपद पनि रिक्त भएको थियो । नेकपा रहकै अवस्थामा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिएका चार नेता एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमाले मै रहनु भएको थियो ।
एमालेको बिभिन्न जिम्मेवारी लिएपछि माओबादी अध्यक्ष पुष्पकमल दाहालले २३ गते सोमबार संसद सचिवालयलाई एक पत्र पठाउदै उहाहरुले दल त्याग गरेका भन्दै सांसद पद रिक्त भएको जानकारी गराउनु भएको थियो ।












