१ असार २०८३, सोमबार
,
Latest
ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह् १ बजेका लागि नेपाली काँग्रेससहित अरु दुई दलको संयुक्त बैठक बोलाएका छन् । नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय काँग्रेसले हालै गरेको थियो । त्यसपछि नयाँ सरकारका लागि तयार रहेका नेकपा माओवादी केन्द्र र जसपासँगको संयुक्त बैठक काँग्रेस सभापति देउवाले आह्वान गरेका हुन् । 

नयाँ सरकार गठन गर्नका लागि आवश्यक संख्या नपुगेको भनेर प्रतिक्रिया दिएका देउवाले आज बोलाएको सो बैठक आर्थपूर्ण रहेको भनी राजनीतिक बजारमा चर्चा रहेपनि काँग्रेसको देउवा पक्षले भने नयाँ सरकार गठन हुने ठानेको छैन । देउवा निकट एक पदाधिकारीका अनुसार सभापति देउवामाथि भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुवै दलको आधिकारिक धारणा माग्ने छन् तर त्यसबाट पनि नयाँ सरकारका लागि आवश्यक संख्या भने नपुग्ने स्पष्टै छ ।

ती पदाधिकारीले भने, वास्तवमा अहिले देउवालाई ओलीसँग मिलेर नयाँ सरकार गठन गर्न नखोजेको भन्ने आरोप लागेको छ, सभापतिजीले नयाँ सरकार गठनको पहलका लागि यो गर्नुभएको हो, तर संख्या भने पुग्ने अवस्था छैन । 

माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।

तर सरकारका जानका लागि माओवादी केन्द्र भने बडो आतुर देखिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार भोलि हुने छलफलले नयाँ सरकार बन्ने नबन्ने टुंगो लाग्नेछ । तीन दलबीच सहमति नहुने हो भने हामी समर्थन फिर्ता लिएर आगाडि बढ्न चाहन्छौं भन्दै माओवादी केन्द्रका ती नेताले सहमति जुटेको अवस्थामा तत्कालै नयाँ सरकार गठन गर्न माओवादी तयार हुने ती नेताले बताए ।