काठमाडौ । नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूहरूले एमालेकै रूपमा संसदीय समितिका प्रतिनिधित्व गर्ने ब्यवस्था मिलाईदिन सभामुख संग अनुरोध गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै बोल्दै सांसद अधिकारीले भन्नुभयो संसद हामी यहाँ एमाले र माओवादी छुट्टाछुट्टै छौं, तर समितिमा जाँदा नेकपा हुन बाध्य छौं ।
यो संविधान विपरीत छ । कानून विपरीत छ । प्रतिनिधि सभा नियमावली विपरीत छ । सांसद अधिकारीले बारम्बार आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै संविधान विपरीत आफूहरू नेकपा हुन नसक्ने स्पष्ट पार्नुभयो ।












