२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु



अ+ अ-

कास्की: पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान / श्रीमतीकोे मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उहाँकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।रासस