१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियूबाट माधव नेपाल पक्षका तीन विद्यार्थी नेतालाई कारवाही



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले तीन विद्यार्थी नेताहरुलाई कारवाही गरेको छ । अनेरास्ववियूका अध्यक्ष ऐन महरले एक विज्ञप्ति जारी गर्दे तीन नेताहरु आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई कारबाही गरेको जनाउनु भएको छ ।

कारबाही गरिएका तीनै जना नेता माधवकुमार नेपाल पक्षका हुन् । नेपाल पक्षले चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी गठन गरेका थिए त्यस पछि उनिहरुलाई तीन दिनभित्र स्पष्टिकरण दिन लिखित निर्देशन दिन निर्देशन दिएपनि जवाफ नदिए पछि  कारवाही गरेको महरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार उनिहरुले  संगठनको हितविपरीत समानान्तर कमिटी गठन गरेको, संगठनको निर्देशन अटेर गरेको भन्दै कारवाही गरिएको  जनाईएको छ ।