२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रिमियर लिग: ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरीमा खेलेका हुन् । खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले एक–एक अङ्क बाँडेका छन् ।

त्यस्तै दुवै टोलीले यसअघि भएको पहिलो खेलमा जित हात पारेका थिए । यस खेलसँगै दुवै टोलीको समान दुई खेलमा समान चार–चार अङ्क जोडेका छन् ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । रासस




भर्खरै