२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्जाको ब्याजदर १ प्रतिशत घट्यो, अझै घट्छ: बैंकर्स संघका अध्यक्ष केसी



अ+ अ-

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १ प्रतिशत घटेको बताउनु भएको छ ।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो । उहाँले अहिले बैंकको आधारदर (बेसरेट) एकल अंकमा आएको भन्दै बैंकको ब्याजदर अझै घट्दै जाने दाबी गर्नुभयो । उहाँले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

उहाँले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको भन्दै नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य रकम प्रशस्त रहेको बताउनु भयो । उहाँले बैंकहरुमा पछिल्लो समय खराब कर्जा लगायतका चुनौतिहरु रहेको बताउनु भयो । उहाँले गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घटेको बताउनु भयो । उहाँले दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भएपनि सजग हुनुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोबल कमजोर बन्दै गइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय उच्च भनिएको बैंकको ब्याजदर अहिले आएर घट्ने क्रममा छ । अघिल्लो वर्षदेखि अहिलेसम्म कर्जामा लिने ब्याज १ प्रतिशत भन्दा बढीले घटिरहेको अवस्था छ । बैंकको वेसरेट पनि घटेर एकल अंकमा आइसकेको छ । बैंकको ब्याजदर घट्ने क्रम जारी छ । यसले आगामी दिनमा नेपालको आर्थिक क्षेत्रको विकास र चलायमान बनाउनको लागि सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं । अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक रुपमा अगाडि बढेको छ ।’

‘आगामी दिनमा आर्थिक क्षेत्रको विकासको लागि आवश्यक हुने कर्जाको लागि नेपालको बैंकिङ क्षेत्र तरलता अभाव छैन । बैंकिङ क्षेत्र सक्षम अवस्थामा छ । बैंकहरुमा पछिल्लो समय चुनौतिहरु पनि छन् । जसमा गत वर्षको तुलनामा बैंकहरुको नाफा २८ प्रतिशतले घट्न गएको छ । १० वर्षअघि २० प्रतिशत बढीरहेको रिटर्न अन इकुटी घटेर अहिले ८ प्रतिशतको लेभलमा आइरहेको छ । बैंकहरुको खराब कर्जाको समस्या पनि देखिएको छ । तर पनि दक्षिण एशियाका अन्य देशहरु भन्दा राम्रो गरिरहेको अवस्था भए पनि सजक हुनुपर्ने अवस्था छ । पछिल्लो समय बैंकहरुलाई सडकबाट हुने आक्रमणले पनि बैंकिङ क्षेत्रको मनोवल पनि कमजोर बन्दै गइरहेको छ ।’

उहाँले बैंकहरुले ऊर्जामा ३ सय अर्ब लगानी गरेको बताउनु भयो । उहाँले देशको विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको पनि बताउनु भयो ।