२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनलले वल्भ्सलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्समा आर्सनलले पहिलो हाफमै २ गोल गरेको थियो । तर, दोस्रो हाफमा थप गोल गर्न सकेन ।

खेलको छैटौं मिनेटमा नै बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । १३ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल थप्दै आर्सनललाई २–० गोलले अघि बढाए । यता, खेलको ८६ औं मिनेटमा वल्भ्सका म्याथ्युस कुन्हाले गोल गरेपनि उनको गोल सान्त्वना गोल बन्यो ।

योसँगै शीर्षस्थानको आर्सनलको १४ खेलबाट ३३ अंक छ । वल्भ्स १५ अंकका साथ १३ औं स्थानमा छ ।




भर्खरै