२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध



सांकेतिक तस्बिर
अ+ अ-

जोहानस्वर्ग । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिनुभएको हो । 

उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको हो । दक्षिण अफ्रिकामा पनि पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसैकारणले यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँको इस्टर पर्वको हप्तामा मादक पदार्थको अत्यधिक मात्रामा विक्री वितरण हुने गरेका र यहाँ पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले पनि यो प्रतिबन्ध लगाइएको यहाँका अधिकारीहरुले जनाएका छन् । 

यहाँ यो इस्टर्न होलिडे मनाउने क्रममा ठूलो संख्यामा मानिसहरु जम्मा हुने भएकाले ठूलो संख्यामा उनीहरुलाई भेटघाट र जम्मा हुन पनि प्रतिबन्ध लगाइएको बताइएको छ । यहाँ पछिल्लो महिना दिन यतादेखि नै कोभिडको खोप लगाउने काम पनि शुरु भएको छ । चीन र रसियाबाट ल्याइएको कोरोना विरुद्धको खोप दक्षिण अफ्रिकामा दिने गरिएको छ । 

यहाँको स्वास्थ्य सम्बन्धी निकायले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ कम्तीमा पनि १५ लाख मानिसलाई यो संक्रमण भएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ५२ हजार जना मानिसको ज्यान गएको बताइएको समाचारमा उल्लेख छ । 

पछिल्लो समयमा युरोप र अमेरिकामाजस्तै यहाँ पनि कोरोना महामारीको दोस्रो लहर आएकाले त्यसबाट बच्न होटल रेष्टुरेन्ट आदिमा पनि सीमित मानिसहरु मात्र बस्न मिल्ने गरी प्रतिबन्ध लगाइएको छ ।  (रासस/सिन्ह्वा)