२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहारस्वरुप प्रदान



अ+ अ-

काठमाडौं । भारत सरकारको ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा उत्पादित कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज उपहारस्वरुप प्रदान गरेको छ। टुडिखेलस्थित नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित एक समारोहकाबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उक्त खोप नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई हस्तान्तरण गर्नुभयो । 

भारतीय सेनाका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले सो खोप हस्तान्तरण समारोहमा भिडियो कन्फरेन्स मार्फत सहभागिता जनाउनुभयो । उहाँले दुई देशका सेनाबीच भातृत्वको साइनो रहेको बताउनुभयो । सो अवसरमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो खोप उपहारका लागि भारतीय सेना र भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त खोप एयर इण्डियाको विमान मार्फत २०७७ चैत्र १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । कोभिड–१९ महामारी विरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई गत वर्षदेखि रेमडेसिभिर, एक्सरे मेसिन, रेडियोग्राफी उपकरण, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनीट, एनेस्थेसिया मेसिन, ल्याब उपकरण तथा एम्बुलेन्स लगायत विभिन्न किसिमको सहयोग गर्दै आएको छ । 

भारतले अहिले प्रदान गरेको कोभिड–१९ विरुद्धको खोपको हस्तान्तरणले कठिन घडीमा दुई देश र दुई देशका सेनाबीच हुने सहकार्यलाई पुष्टि गरेको छ ।