२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय कप विजेता खेलाडीले एन्फाबाट जनही एक लाख पाउने



अ+ अ-

काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले  जनही  एक लाख पुरस्कार दिने भएको छ । 

एन्फाले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको हो । 

दशरथ रङ्गशालामा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको थियो । नेपालका लागि सञ्जोग राई र विशाल राईले एक/एक गोल गरेका थिए ।

नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जित्न सफल रह्यो । विजेता भएबापत नेपाली टोलीले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बङ्गलादेशले तीन हजार डलर पुरस्कार प्राप्त गर्यो ।