२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ दिनपछि खुलेको बजारमा नेप्से परिसूचक ५.४५ अंकले घट्यो, ४ अर्ब बढीको कारोबार



अ+ अ-

काठमाडौं । सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २ हजार ५४३.५२ विन्दुमा बन्द भएको छ । चैत १३ गतेपछि खुलेको शेयर बजार अघिल्लो कारोबार दिनको तुलनामा ०.२१ प्रतिशत घटेको हो । 

सेन्सेटिभ इन्डेक्स ०.०९ प्रतिशत अर्थात् ०.३९ अंक घटेर ४४९.९२ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकम पनि अघिल्लो कारोबार दिनको भन्दा कम भएको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार पनि नेप्से परिसूचक ०.८३ प्रतिशत अर्थात् २१.२९ अंक घटेर २ हजार ५४८.९६ विन्दुमा बन्द भएको थियो । २ हजार ५५८.२३ विन्दुदेखि खुलेको सोमबारको बजार २ हजार ५६१.५१ विन्दुसम्म पुगेर तल झरेको हो ।

बिहीबार रू. ६ अर्ब ५० करोड ८ लाख ६ हजार बराबरको १ करोड २५ लाख ४८ हजार १४६ कित्ता शेयर कारोबार भएकोमा सोमबार रू. ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार बराबरको ९१ करोड ३८ लाख ९३५ कित्ता शेयर कारोबार भएको हो । यो दिन २०९ वटा कम्पनीको ६४ हजार ५१५ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । 

जलविद्युत् समूहसँगै लघुवित्तको ०.९६ प्रतिशत र वित्त समूहको ०.४५ प्रतिशत परिसूचक बढेको छ । बाँकी १० वटा समूहको परिसूचक यो दिन घटेको छ । व्यापारिक समूहको ४.६२ प्रतिशत र होटल्स तथा पर्यटन समूहको ४ प्रतिशत परिसूचक घटेको छ भने बैंकिङको ०.३८ प्रतिशत, विकास बैंकको ०.०२ प्रतिशत, निर्जीवन बीमाको ०.१७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३६ प्रतिशत, अन्यको ०.९९ प्रतिशत, जीवन बीमाको ०.१८ प्रतिशत, म्युचुअल फण्डको ०.४४ प्रतिशत र लगानी समूहको ०.०६ प्रतिशत परिसूचक घटेको छ ।

सामान्य अंकले घटेको बजारमा उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अजोड इन्स्योरेन्स, मिथिला लघुवित्त र समीट लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. २५१ ले बढेर अन्तिम मूल्य रू. २ हजार ७६१ कायम भएको छ ।

त्यस्तै अजोड इन्स्योरेन्सको ९.९२ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७० ले  बढेर अन्तिम मूल्य रू. ७७६, मिथिला लघुवित्तको ९.८५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५९१ र समीट लघुवित्त वित्तीय संस्थाको ९.४३ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १२८ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४८५ कायम भएको छ ।

यो दिन चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशत घटेको छ । माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु गरेको उक्त कम्पनीको गत बिहीबार ३३ कारोबार दिनसम्म निरन्तर मूल्य बढेर प्रतिकित्ता रू. २ हजार ७९ पुगेको थियो । सोमबार ३४ कारोबार दिनमा कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको हो । यो दिन प्रतिकित्ता रू. १४९ ले घटेर उक्त कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ९३० कायम भएको छ ।

यस दिन कुल कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीको रू. ४४ करोड ३१ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. २ ले घटेर अन्तिममूल्य रू. ६०६ कायम भएको छ । सोमबार कारोबारमा आएका १३ वटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक १.०७ प्रतिशतले बढेको छ ।




भर्खरै