२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंकको “भिजा स्क्यान टु पे”: फिजिकल कार्डको प्रयोग बिनै पेमेण्ट गर्न सकिने



अ+ अ-

काठमाडौँ । ग्लोवल आइएमई बैंकले “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र “भिजा स्क्यान टु पे” भुक्तानी प्रणालीको शुभारम्भ गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नेप्सका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बा र स्विफ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निरज ढुङ्गानाले क्युआर स्क्यान गरी प्रथम कारोबारसहित उक्त सेवाको संयुक्तरुपमा शुभारम्भ गर्नुभएको हो ।

उक्त प्रविधिमार्फत बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् । भिजा स्क्यान टु पे एउटा कार्ड–देखि–व्यापारी भुक्तानी सेवा हो । जहाँ कार्ड स्वाइप नगरी आफ्नो स्मार्टफोन प्रयोग गरेर भुक्तानी गर्न सकिन्छ । कार्यक्रममा बोल्दै ग्लोवल आइएमई बैंकका लेनदेन बैंकिङ बिक्री र व्यापारका प्रमुख प्रकाश पौडेलले यो प्रविधि डिजिटल प्रविधिको विकासमा कोशेढुङ्गा सावित हुने बताउनु भयो । उहाँले प्रविधिको विकासका साथसाथै यसको प्रयोग पनि बढ्दै जाने आशा व्यक्त गर्नुभयो ।

अब ग्लोवल आइएमई बैंकका भिजा कार्डवाहक ग्राहकहरुले अब फिजिकल कार्डको प्रयोग बिना नै ग्लोवल आइएमई बैंकको मोबाइल एप ग्लोवल स्मार्ट प्लसमार्फत कुनैपनि पेमेण्ट गर्न सक्नेछन् ।




भर्खरै