७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार बैठक: टिआरसी विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो- रमेश लेखक



अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक आउँदो अधिवेशनबाट पारित गरिने भएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे आइतबार शीर्ष दलका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको नेपाली कांंग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा उक्त सहमति भएको हो ।

भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा जानकारी गराइएको बताउनुभयो । “सदनमा विचाराधीन रहेको टिआरसी विधेयकमा भएको कुरा र थप मिल्नुपर्ने कुरामा जानकारी गराइयो,” उहाँले भन्नुभयो, “यो विधेयक आउने अधिवेशनबाट पारित गरेर जाने कुरा भयो ।”