७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिम प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाउनु भएको छ ।

उपाध्यक्ष पौडेलले करीब १३ घण्टा लामो छलफल र सुझावका क्रममा अत्यन्त महत्वपूर्ण विचारहरू ब्यक्त भएको जनाउनु भएको छ ।

उहाँले छलफल पछि सामाजिक संञ्जालमा लेख्नुभएको छ -नेकपा (एमाले) सञ्चालनका लागि हामीसंग स्वीकृत विधि छ । विधिको पालनाले सुदृढ एकता सुनिश्चित गर्दछ । विधिको उल्लङ्घनले विग्रह र विभाजन निम्त्याउँछ । पार्टी भित्र देखा परेका या देखापर्न सक्ने हरेक समस्याको समाधान विधिको सिमा भित्रबाट खोज्नु पर्दछ ।

स्वस्थ छलफल, बहस र सुझावलाई बिभाजनको पूर्भाभ्यास भन्दै आरोपित या निषेध गर्ने प्रवृत्ति उचित हुन सक्तैन । त्यसैगरी बिभाजनको आधार तयार पार्न बहसको साहरा लिने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन।

उहाँल लेख्नुभएको छ

आज नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको ब्यवस्थापनमा धनगढीमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्वन्धमा सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । करीब १३ घण्टा लामो छलफल र सुझावका क्रममा कमरेडहरूले अत्यन्त महत्वपूर्ण विचारहरू ब्यक्त गर्नुभएको छ ।

समस्या चिन्ने र समाधान पहिल्याउने उद्देश्यका साथ संस्थागत निर्णयका आधारमा आयोजना गरिएको यस् कार्यक्रममा नेकपा (एमाले) को र एमाले मार्फत देश र जनताको उज्वल भविष्य निर्माण गर्न कमरेडहरूले ब्यक्त गर्नुभएका विचारहरू अत्यन्त मर्मस्पर्शी छन् ।

नेकपा (एमाले) सञ्चालनका लागि हामीसंग स्वीकृत विधि छ । विधिको पालनाले सुदृढ एकता सुनिश्चित गर्दछ । विधिको उल्लङ्घनले विग्रह र विभाजन निम्त्याउँछ । पार्टी भित्र देखा परेका या देखापर्न सक्ने हरेक समस्याको समाधान विधिको सिमा भित्रबाट खोज्नु पर्दछ ।

स्वस्थ छलफल, बहस र सुझावलाई बिभाजनको पूर्भाभ्यास भन्दै आरोपित या निषेध गर्ने प्रवृत्ति उचित हुन सक्तैन । त्यसैगरी बिभाजनको आधार तयार पार्न बहसको साहरा लिने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन।

विभाजनको मनोवैज्ञानिक त्रास सृजना गरेर छलफल, बहस र सुझावलाई निरूत्साहित गर्ने प्रवृत्ति उचित हुन सक्तैन । त्यसैगरी छलफल, बहस र सुझावका नाममा अराजकताको मार्ग तय गर्ने प्रवृत्ति पनि मान्य हुन सक्तैन ।

आजको कार्यक्रममा कमरेडहरूका विधिसम्मत, स्वस्थ, भयरहित र तर्कपूर्ण प्रस्तुति स्वागतयोग्य छन् । कमरेडहरूबाट निर्वाचन समिक्षा तथा पार्टी पुनर्गठनको पक्षमा प्रस्तुत भएका विचार, विश्लेषण र सुझावहरू ग्रहणयोग्य छन् ।

छलफलमा सहभागी हुनुहुने सबै कमरेडहरूलाई धेरै-धेरै धन्यवाद ।