२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनले टोटेनहमलाई ४–२ गोलले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत ब्राइटनले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राइटनले टोटेनहमलाई ४–२ गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्राइटनलाई जित दिलाउन जोआओ पेड्रोले दुई तथा ज्याक हिन्सेलवुड र पेर्भिस स्टुपिनानले एक–एक गोल गरे ।

पेड्रोले दुबै गोल पेनाल्टीमा गरेका हुन् । खेलको ११ औं मिनेटमा हिन्सेलवुडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० गोलले अघि बढाए ।

यस्तै, इस्टुपिनानले ६३ औं र पेड्रोले ७५ औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौंथो गोल गरे । यता, ८१ औं मिनेटमा अलेजो भेलिजले र ८५ औं मिनेटमा बेन डेभिसले गोल गरेपनि टोटेनहमको हार टार्न सकेनन् ।

यो नतिजासँगै टोटेनहम १९ खेलबाट ३६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । ब्राइटन ३० अंकका साथ आठौं स्थानमा छ ।