६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी ठहर भएका सन्दीप राष्ट्रिय क्रिकेट टीमबाट ‘स्वत: अलग’



file photo: can
अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट स्वत: अलग भएका छन् । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर्‍याएपछि उनी राष्ट्रिय टीमबाट स्वत: अलग भएका हुन् ।

अदालतले शुक्रबार सन्दीपमाथिको मुद्दामा दोषी ठहर गरेको थियो । यद्यपि उनको सजाय निर्धारण भने भइसकेको छैन । यही पुस २५ गते काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने छ । सन्दीपले भने जिल्लाको फैसलाविरुद्ध थुनाबाहिर रहेरै पुनरावेदन गर्न सक्नेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार जेल नपरे पनि सन्दीपले नैतिक र कानूनीरुपमा राष्ट्रिय टीमबाट खेल्न मिल्दैन । तर कानूनमा गम्भीर अभियोग प्रमाणित भएका खेलाडीले राष्ट्रिय टीमबाट खेल्न पाउने वा नपाउनेबारे स्पष्ट व्यवस्था गरिएको छैन ।

सन्दीपले शनिबार वीरगञ्जमा भएको प्रो क्लब च्याम्पियनसीपको फाइनलबाट आफूलाई अलग गरेका थिए । उक्त प्रतियोगितामा पर्साको नेतृत्व गरेका सन्दीपले टीमलाई फाइनलमा पुर्‍याए पनि अन्तिम खेलमा उनी अनुपस्थित भएपछि पर्साले हार बेहोरेको थियो ।