२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेभिड वार्नरद्वारा टेष्ट–ओडीआई क्रिकेटबाट सन्यासको घोषणा



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

उनले जनवरी ३ देखि सिड्नीमा पाकिस्तानविरुद्ध आफ्नो करियरको अन्तिम टेस्ट खेल्नेछन् । वार्नरले सोमबार टेष्टसँगै एकदिवसीयबाट सन्यास लिने र टी–२० ढाँचामा खेल्न जारी राख्ने घोषणा गरेका छन् ।

यससँगै उनले आफ्नो प्रदर्शन राम्रो भएमा र सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यक परेमा आफू उपलब्ध हुने पनि बताए ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा अष्ट्रेलियाका लागि डेभिड वार्नर सर्वाधिक स्कोरर बनेका थिए । उनले एकदिवसीय विश्वकपमा खेलेका ११ खेलमा ४८.६३ को औसतमा ५३५ रन बनाए । उनको स्ट्राइक रेट १०८.२९ थियो । उनले २ शतक र २ अर्धशतक पनि प्रहार गरेका थिए ।