२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका मेयरको एकै स्वर, सडक बत्तीको सबै बक्यौता तिर्न सक्दैनौं



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपत्यकाका सबै १८ वटा नगरपालिकाका प्रमुखहरुले सडक बत्ती बापतको नेपाल विद्युत् प्राधिकरणले पठाएको विद्युत महसुल तिर्न नसक्ने जनाएका छन् ।

बुधबार गोकर्णेश्वर नगरपालकामा बसेको मेयर्स फोरमको बैठकमा उनीहरुले आफू निर्वाचित हुनुभन्दा अघिको समेत जोडेर प्राधिकरणले महसुल बिल पठाएको भन्दै निर्वाचित भएर आएदेखिको महसुल मात्र तिर्न सकिने जनाएका हुन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले न्युजपोलारसंग भन्नुभयो, गोकर्णेश्वर नगरपालिकालाई साढे तीन करोडको बिल आएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको रु दुई अर्ब र ललितपुर महानगरपालिकाको पनि रु एक अर्ब बक्यौता सहितको बिल आएको छ । त्यो सबै तिर्न सक्दैनौं ।

उहाँले अगाडि भन्नुभयो, “हामी आएर यो बक्यौता रहेको होइन, पहिलादेखिकै हो, यसको हिसाब कसरी राखेको हो थाहा छैन । प्राधिकरणले महसुल तिर्न भनेर बिल पठाएको छ, यो बक्यौता हो होइन थाहा छैन । सडकमा बलेको बत्ती हो त्यो । नगरपालिकाले नै तिर्नुपर्छ भनेको हो भने यो हामी आउनुभन्दा अघिदेखिकै हो । हामीलाई ठूलो भार पर्यो ।

उपत्यकामा रहेका सबै नगरपालिकाबीच आफूहरु निर्वाचित भएर आएदेखिको बिल तिर्ने तर पहिलादेखिको हो भने तिर्न नसक्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा ऊर्जा मन्त्रालय र प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङसँग बसेर छलफल गरिने उहाँको भनाइ थियो ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले देशभरिकै नगर तथा गाउँपालिकाबाट महसुल उठाउन अभियान थालेको छ । तर स्थानीय निकायहरुले प्राधिकरणले नगर, गाउँमा गाडेका विद्युतका खम्बाका विषयमा केही नबोलेकोमा आक्रोश व्यक्त गर्दै आएका छन् । उनीहरुको भनाईमा खम्बाको भाडा प्राधिकरणले पनि स्थानीय निकायलाई तिर्नु पर्दछ, यस्तो बक्यौताको विषय पनि टुंगिएको छैन ।

प्राधिकरणले हालै उद्योगी व्यवसायीको पुरानो विद्युत महसुल उठाउन लाइन काट्दै आएको छ । तर यसको पनि चौतर्फी विरोध भइरहेको छ ।




भर्खरै