२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकप आजदेखि: आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रीका र वेस्टइन्डिज भिड्दै



अ+ अ-

एजेन्सी । आइसीसी यू-१९ विश्वकप आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा दुई टोली भिड्दैछन् । जसमा समूह ए को आयरल्यान्डले अमेरिकासँग खेल्नेछ भने समूह बी बाट आयोजक दक्षिण अफ्रीका र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्नेछन् । दुबै खेल नेपाली समयअनुसार खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।नेपाल भने समूह ‘डी’ रहेको छ । नेपालसँगै समूह ‘डी’ मा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । यस समूहको पहिलो खेल जनवरी २० मा पाकिस्तान र अफगानिस्तानबीच हुनेछ । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका रहेको छ भने समूह बीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छ । यस्तै समूह सीमा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया रहेको छ ।

समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्स को यात्रा तय गर्नेछन् । त्यसपछि समूह ए का टोलीले समूह डी तथा समूह बी र समूह सी को टोलीले एक अर्कासँग खेल्नेछन् । सुपर सिक्सको दुई समूहको शीर्ष टोलीले सेमिफाइनलमा खेल्नेछन् ।

नेपालले हालसम्म ७ पटक यू-१९ विश्वकप खेलेको छ । नेपालले २००६ को प्लेट च्याम्पियनसिप नै जितेको थियो । २००२ र २००८ मा प्लेट च्याम्पियनसिप फाइनलमा पुगेर हारेको थियो ।

नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा गरि सात पटक यू-१९ विश्वमा सहभागीता जनाइसकेको छ । दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप नेपालको आठौं सहभागीता हुनेछ ।

नेपालले यू-१९ विश्वकपमा ठूला टेष्ट राष्ट्रलाई समेत हराएको छ । नेपालले सन् २००२ मा पाकिस्तान, २००४ र २००६ मा दक्षिण अफ्रिका, २००६ र २०१६ मा न्युजिल्याण्डलाई समेत हराएको थियो ।

नेपालले समुहचरणको पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा खेल्नेछ ।

नेपाली यु-१९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द ।

यो पनि पढ्नुहोस: यू-१९ विश्वकप: यस्तो छ नेपाल रहेको समूह ‘डी’




भर्खरै