२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भगृहमा विराजमान रामललाको अगाडि प्राणप्रतिष्ठा समारोह सुरु, ८४ सेकेन्डमा स्थापना हुने



अ+ अ-

एजेन्सी । अयोध्याको राम मन्दिरमा रामललाको प्राण प्रतिष्ठाको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी मन्दिरको गर्भगृहमा पुगेका छन् । उनले प्राण(प्रतिष्ठा पूजा गर्ने प्रतिज्ञा गरे । अहिले पुजा सुरु भएको छ ।

बिहान रामललालाई मन्त्रजप गरेर ब्यूँझाइएको थियो । यसपछि वैदिक मन्त्रका साथ आह्वान भयो । शंखसहित ५० भन्दा बढी वाद्य यन्त्रको मङ्गल धुनका साथ बिहान १० बजेदेखि प्राणप्रतिष्ठा कार्यक्रम सुरु भएको हो ।

अहिले गर्भगृहमा मूर्तिको पूजा आराधना भइरहेको छ । यज्ञशालामा हवन पनि चलिरहेको छ । प्राणप्रतिष्ठाको मुख्य अनुष्ठान दिउँसो १२ः२९ बजे (भारतीय समय) सुरु हुनेछ जुन ८४ सेकेन्डसम्म चल्नेछ । यी ८४ सेकेन्डमा मात्र मूर्तिलाई जीवन्त बनाइनेछ ।

यस पर्वमा गरिने वैदिक अनुष्ठान तथा शुभ अनुष्ठान १६ तारिखदेखि सुरु भएको थियो । पहिलो दिन प्रयासचित्त होम अर्थात् शुद्धिको प्रक्रिया भयो । त्यसपछि कलश पूजा र मूर्तिको शोभायात्रा भई मूर्ति परिसरमा प्रवेश गरेको थियो । यात्रा, तीर्थयात्रा र अधिवासहरू भए ।

मूर्तिको पवित्रता र शक्ति बढाउनका लागि मूर्तिलाई पानी, घिउ, औषधि, केसर, मह, फलफूल, अन्न र सुगन्धित वस्तुमा राखिएको थियो । यसलाई अधिवास भनिन्छ । त्यसपछि २० जनवरीमा श्रीराम लल्लाको स्थापना भयो ।