२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: एपीएफलाई हराउदै पुलिस शीर्षस्थानमा, ललितले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बल (एपीएफ) लाई ५८ रनले हराएको छ ।

भैरहवास्थित सिद्धार्थनगर रंगशालामा पुलिसले खिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपिएफ ३४ ओभरमा ८७ रन बनाएर अलआउट भयो । एपिएफका लागि सन्दीप जोरा २५ रन जोड्दै नटआउट रहे । एक समय ४०-७ को स्थितिमा रहेको एपिएफलाई अमर र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । अमर २३ रन जोडेदै आउट भए ।

यस्तै, प्रज्वल शाहीले १३ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । प्रदीप ऐरीले ४, भुवन कार्कीले ४, पुरन विकेले १ र सुमित महर्जनले २ रन बनाउदा कप्तान रोहित पौडेल र विकेटकिपर लोकेश बमले खाता खोल्न सकेनन् ।

पुलिसको लागि बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ५ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे । अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

एपिएफका भुवन कार्कीले ३ विकेट लिँए । अमर राउटेला र रमेश कुर्मीले २/२ विकेट लिदा पुरण विक, रोहित पौडेल र मौसम ढकालले १/१ विकेट लिए ।

यस जितसँगै पुलिस ४ खेलमा ४ जित दर्ता गर्दै ८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लियो । एपिएफ भने ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । बागमती पनि ८ अंकसाथ रनरेटका आधारमा दोस्रो स्थानमा छ ।