२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: नरेनको शतकका बाबजुद पनि सुदुरपश्चिमको हार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ८० रनले हराएको छ ।

३ सय २० रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिम ४४.५ ओभरमा २ सय ३९ रन बनाएर अलआउट भयो । तेस्रो नम्बरमा आएका नरेन भट्टले शतकिय इनिङ खेलेपनि टीमले जित निकाल्न सकेन । उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए । उनले १०८ बलमा शतक पुरा गरेका थिए ।

यस्तै, नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खड्क बोहरा १४, गजेन्द्र बोहराले १२ रन बनाए । मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए । रंजित कुमारले दुई विकेट लिंदा हरिशंकर शाह र पवन सर्राफले समान एक(एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनायो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रनको शानदार शतकिय ईनिङ खेले । उनले एक सय २८ बलमा दुई छक्का र आठ चौका हिर्काए । ओपनर अनिल शाहले ६९ र पवन सर्राफले ७० रन बनाए । यस्तै, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ , हरिशंकर शाहले १४ रन थपे ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले सर्वाधिक चार विकेट लिए । विकाश अग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।

सुदूर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । पुलिस ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।