२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतियोगितामा एक गोल पनि गर्न नसकि एसिया कपको समूह चरणबाटै बाहिरियो भारत



अ+ अ-

काठमाडौँ । भारत एएफसी एसियन कप २०२३ बाट बाहिरिएको छ । मंगलबार कतारको अल बेट रंगशालामा भएको समूहको तेस्रो खेलमा सिरियाले भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको एकमात्र गोल सिरियाका ओमार क्रिबिनले ७६ औं मिनेटमा गरेका थिए ।

भारतले प्रतियोगितामा एक गोल पनि गर्न सकेन र तीनवटै खेलमा हार बेहोरेको थियो । भारतीय टोली अस्ट्रेलियासँग २–०, उज्वेकिस्तानसँग ३–० र सिरियासँग १–० ले पराजित भएको हो ।

सिरियाको भने नकआउट पुग्ने आशा जिवितै छ । प्रतियोगिताको यस संस्करणमा सहभागी २४ टोलीमध्ये प्रत्येक समूहबाट शीर्ष दुई टोली र उत्कृष्ट तेस्रो हुने चार टोली नकआउटका लागि छनोट हुनेछन् । सिरियाले समूह ई र समूह एफको नतिजा पर्खनुपर्नेछ ।