२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताचै घरबासको आकर्षणको केन्द्र थोङ्रो पिली झरना



अ+ अ-

मनाङ : हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र पर्यटकीय रुपमा महत्वपूर्ण छ । पर्यटकको बसोबासका लागि यहाँको वातावरण र प्राकृतिक सौन्दर्यताले अझ आकर्षित गर्ने गर्दछ । नासों गाउँपालिका–८ स्थित ताचै घरबास (होमस्टे) पर्यटकको बसोबासका लागि उपयुक्त मानिन्छ ।

घरबास नजिकै रहेको थोङ्रो प्ली झरना घरबासको आकर्षणको केन्द्र बनेको छ । यस झरनाले घरबासको शोभा थपिदिएको स्थानीयको भनाइ छ । पर्यटकीय महत्वको रुपमा रहेको यस झरनाको प्रवद्र्धन गर्नुपर्नेमा स्थानीयको जोड छ ।

यहाँबाट देखिने हिमाल, उच्च पहाडका दृश्य, ताल, झरना, मनाङीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटक मनाङ आउँछन् । धेरैजसो पर्यटक सिधै जिल्ला सदरमुकाम चामे भएर तिलिचो ताल जान थालेका छन् । जसले गर्दा यहाँको रमणीय प्रवद्र्धन गर्नुपर्ने देखिएको छ ।

जिल्लाको प्रवेशद्वार नजिकै रहेपनि प्रचारप्रसार अभावले यो थोङरो प्ली झरना ओझेलमा परेको स्थानीय यज्ञ घले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसको प्रचारप्रसार गरी देशविदेशसम्म पुर्‍याउन सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित सकिन्थ्यो । स्थानीयसँगै पर्यटनसँग सम्बन्धित निकाय साथ र सहयोग आवश्यक छ ।”

मुलुकमा लोकतन्त्र गणतन्त्र आयो केही परिवर्तनका सूचकहरू पनि देखिए तर सरकार नै आर्थिक समृद्ध हुने महत्वपूर्ण पर्यटकीय स्थलप्रति सरकारको ध्यान जान नसक्दा ओझेलमा परेकाले स्थानीय चिन्तित बनेका वडा नम्बर ८ का वडाध्यक्ष याद घले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ताचै गाउँको शिरमा रहेको सुन्दर झरनाबाट आठ वटा गाउँ देख्न सकिन्छ”, वडाध्यक्ष घले भन्नुहुन्छ, “पर्यटन मन्त्रालयबाट केही बजेट लिएर संरचना र रेलिङ बनाउने कार्य भएको छ । अझै बाटो पुर्‍याउने कार्य अधुरै छ ।” उहाँले यसलाई दृश्यावलोकनको केन्द्र बनाएर गाउँमा आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य अगाडि बढाइएको बताउनुभयो ।

पर्यटन तथा प्रकृतिको उपयोग गरी वडा–८ का स्थानीयको जीवनस्तर उकास्ने हेतुले कार्य गरिरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “तल सुन्दर गाउँबस्ती यसको शिरमा झरना यही हो ताचैको पहिचान ।” होमस्टे पनि रहेको ताचैमा कसैको ध्यान नजानु दु:खद कुरा हो । वडाध्यक्ष घले भन्नुहुन्छ, “पालिकाको बजेटले केही गर्न सकिँदैन । सङ्घ सरकार यस्ता महत्वपूर्ण विषयमा चुकेका छन् । पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनमा लाग्नुपर्छ । हाम्रो जोडदार माग पनि छ । यसको विकास विस्तार हुन सके यो पर्यटकीय गन्तव्य बन्न सक्छ । पर्यटकीय गन्तव्य बनाउन सकिए पालिकालाई मात्र होइन देशकै आम्दानीको स्रोत बन्नेछ ।”

हुन त अहिले बाह्य पर्यटक ठप्प जस्तै भए पनि आन्तरिक पर्यटकमा भने खासै कमी नभएको उहाँ बताउनुहुन्छ । अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा २१ हजार दुई सय ४७ विदेशी पर्यटक भित्रिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार नौ सय ८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानी मनाङले जनाएको छ ।

एक्याप धारापानी केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङले आन्तरिक पर्यटकको कुनै तथ्याङ्क नराखिएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकीय सिजनमा बाह्य भन्दा आन्तरिक पर्यटक नै बढी आउँछन् । यिनै आन्तरिक पर्यटकमध्ये १० प्रतिशत मात्रैलाई पनि थोङरो प्ली झरना लैजान सके ताचैको मुहार फेरिनुका साथै यहाँको प्रवद्र्धन हुने थियो ।रासस