७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्षको प्रश्न:तीन तहको सरकारको विधायकी अधिकारहरु व्यवस्थित गर्न किन अलमल ?



अ+ अ-

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले तीन तहका सरकारबीचमा रहेका साझा अधिकारकाबारेमा छलफल नहुनु दु:खको कुरा भएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन तहको सरकारको विधायकी अधिकारहरु व्यवस्थित गर्नको लागि किन अझै ढिलो र अलमल भइरहेको हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले तीन तहको सरकारका अनुसूचिहरु फरक फरक रहेको र एकल अधिकारहरु सबैका अनुसूचिमा खुलेको भएपनि काम हुन कठिन भइरहेको बताउनु भयो । उहाँले कानून निर्माण गर्नेकुरालाई छिटो छरितो र प्रभावकारी तरिकाले समयमा ऐनहरु जारी गरेर नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयलाई छिटो छरितो ढंगले ल्याउने गरी काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीन तहको सरकारको विधायकी अधिकारहरु व्यवस्थित गर्नको लागि हामी किन अझै ढिलो र अलमल भइरहेका छौँ । तीन तहको सरकारका अनुसूचिहरु फरक फरक छन् । एकल अधिकारहरु सबैका अनुसूचिमा खुलेको छ । स्थानीय सरकारको २२ वटा एकल अधिकारहरु छन् । साझा अधिकारहरुको विषय पनि अति महत्वपूर्ण छ । साभmा अधिकारमा तीन वटै सरकारको छलफलको विषय त्यति धेरै नबनेको देखेका छौँ । यस्ता विषयलाई कानून निर्माण गर्नेकुरालाई छिटो छरितो र प्रभावकारी तरिकाले समयमा ऐनहरु जारी गरेर नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषयलाई छिटो छरितो ढंगले ल्याउने गरी काम गर्नुपर्छ । त्यसको लागि संघीयता आएको हो भन्ने हामी सबैले बुझेका छौँ ।’

उहाँले कार्यविस्तृतिकरण परिमार्जनको प्रक्रिया धेरै अघि बढीसकेको बताउँदै समितिले सो बारेमा पनि ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल