२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मी गण्डकीसँग १३२ रनमा अलआउट



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कपत्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रन बनाउदै अलआउट भयो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाए । उनले ६४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

सोमपाल कामीले २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, कुशल मल्ल १५, साहब आलमले १२ र विवेक यादवले १ रन बनाउदा सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट झारे ।

अहिले गण्डकीले जवाफि ब्याटिङ गरिरहेको छ । आर्मीलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने दबाब छ । पराजित भएको खण्डमा भने बागमतीसँगको नेटरनरेटमा भरपर्नेछ ।