२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनै ठाउँ छैन: एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट कुनै आशा गर्ने ठाउँ गुमाएकाले युवाहरु विदेश पलायन हुने क्रम बढदै गइरहेको जिकिर समेत गर्नुभयो । उहाँले विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानून र नीति दिन नसकेको समेत बताउनु भयो । प्रमुख सचेतक गिरीले मुलुकको अवस्था कहाली लाग्दो हुनुमा सरकार जिम्मेवार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा अहिले जुन खालको कहाली लाग्दो मुलुकको अवस्था छ । जनता व्यापक निराशा छाएको छ । र नेपालको राजनीतिक नेतृत्वबाट यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन । त्यही कारणले आफ्नो आत्माविश्वास गुमाएर युवाहरु देश छोडेर विदेश भाग्ने क्रम शुरु भएको छ । जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरुले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन् । त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ ।’

‘यो यथार्थका जगमा उभिएर हामीले मूल्यांकन गरेनौं भने हामी सही ठाउँमा पुग्न सक्दैनौ भन्ने यथार्थलाई हामीले मान्नुपर्छ । यतिबेला हामीले समिक्षा गर्नुपर्नेछ । विगतमा हामीले एक वर्षसम्म पनि यस संसदबाट जनताको सरोकारको विषयहरुलाई संविधान कार्यान्वयन गर्ने सम्बन्धमा त्योसँग सम्बन्धित रहेका ऐन, कानून निर्माण गर्ने विषयहरु होस् । सुशासनका मुद्दाहरु, समृद्धिका योजनाहरु, राष्ट्रिय हितका सवालहरुमा किन नहोस् । जुन ढंंगले संसदमा सघन र घनिभुत ढंगले छलफल हामीले गर्नुपर्दथ्यो । र नेपाली जनतालाई हामीले असल नीति दिने, असल कानून दिने काममा हामी जसरी प्रभावकारी ढंगले चलाउन सक्नुपर्दथ्यो । विगतमा हामी चुक्यौं । ’

प्रमुख सचेतक गिरीले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा सरकार र संसदले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।