२३ असार २०८३, मंगलवार
,
Latest
चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मदिनको अवसरमा परिवारका सदस्यहरूसहित काठमाडौंको उत्तरी भेगस्थित शिवपुरी क्षेत्रमा पुगेका छन्। उनी हालै सञ्चालनमा आएको शिवपुरीस्थित सोल्टी समूहद्वारा सञ्चालित रिसोर्टमा केही दिन बस्ने कार्यक्रमसहित पुगेको उच्च स्रोतले जनाएको छ।

स्रोतका अनुसार पूर्वराजा १९ गते बिहान परिवारका सदस्यहरूसहित शिवपुरी पुगेका हुन्। जन्मदिन पारिवारिक वातावरणमै मनाउने तयारी गरिएको छ भने त्यसपछि पनि केही दिन सोही रिसोर्टमा बस्ने कार्यक्रम रहेको बताइएको छ।

पूर्वराजासँग निजी सचिव राजीव शाही, डा. सागर तिमल्सिना, फणिराज पाठक, सशस्त्र प्रहरीका एक डीएसपीसहित निजी सुरक्षा टोली पनि रहेको बताइएको छ। परिवार र निकट आफन्त गरी करिब २५ जनाको समूहले रिसोर्टका कोठा बुक गरेको स्रोतले जनाएको छ।

जन्मोत्सवमा पूर्वरानी कोमल शाह, छोरा पारस शाह, बुहारी हिमानी शाह, छोरी प्रेरणा सिंह, नाति हृदयेन्द्र शाह, नातिनी पूर्णिका र कीर्तिका तथा परिवारका अन्य सदस्य र आफन्तहरूको मात्र सहभागिता रहेको छ ।

फाेटाेःThe Royal Family Nepal फेस्बुक पेजबाट