२३ असार २०८३, मंगलवार
,
Latest
शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर) करका दरमा देखिएको प्राविधिक त्रुटी सच्याइएको हो, नियतमा खोट छैनः अर्थमन्त्री डा. वाग्ले बेलहिया नाकाको पार्किङ तथा ट्राफिक व्यवस्थापन गरिने हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडा कपडा उद्योगका भौतिक पूर्वाधार तथा उपकरणको परीक्षण सुरु



अ+ अ-

काठमाडाैँ । लामो समयदेखि बन्द हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने हेतुले कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढेको छ ।

सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढेको औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेड हेडौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुुभयो ।

उद्योग विसं २०३२ मा स्थापना भएको थियो । विसं २०३५ देखि विसंं २०५६ सम्म कपडा उत्पादन भइ विसं २०५७ देखि उद्योग बन्द भएको थियो ।

यसवर्ष सरकारले उद्योगको पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तबरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढाइरहेको उहाँले बताउनुुभयो । कपडा उद्योगसँगै बुटवल धागो र बाँकेको कपास उत्पादन कारखाना पनि बन्द छन् ।