२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ: रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए आफ्नो पार्टी सरकारलाई त्यो विधेयक पारित गराउन सहयोग गर्ने बताउनुभएको हो । सभापति लामिछानेले सहकारी सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले योजना तय गरेको त्यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन लागिएको पनि बताउनु भयो । उहाँले स्थानीय सरकारको सबलीकरण र मुलुकमा विद्यमान कुशासन र दण्डहिनताविरुद्ध आफूहरुले संसदमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘हाम्रा केही प्राथमिकताहरु छन । स्थानीय सरकारको सबलीकरण र टिआरसी पीडितमैत्री हुने र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर राख्दै हुने विषयमा रास्वपा सघाउन तयार छ । त्यसैगरी सर्वव्यापी कुशासन र दण्डहिनता विरुद्ध हामी यस पटक सदनमा हामी आवाज उठाउँछौं । आर्थिक पुन:उत्थान तथा युवा उद्यमशीलतामा केन्द्रित नीति निर्माणमा हामी यस पटक पहल गर्नेछौं ।’

त्यस अवसरमा सभापति लामिछानेले दलीत, मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने प्रश्ताव समेत राख्नुभयो ।