२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको निर्वाचन नतिजा: पीटीआई समर्थित स्वतन्त्रलाई पछ्याउँदै पीएमएल–एन



अ+ अ-

इस्लामाबाद । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका छन् ।

खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो र उहाँको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक दमनको सामना गर्नुपरेको थियो ।

पीटीआईलाई चुनावी र्‍यालीहरू गर्नबाट रोकिएको थियो र पीटीआईलाई चिनिएको चुनाव चिन्ह् ‘क्रिकेट व्याट’ पनि लिन दिइएको थिएन र मतपत्रबाट नै हटाइएको थियो । जसका कारण पीटीआईप्रति बफादार उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लड्न बाध्य भएका थिए ।

तर आधिकारिक नतिजाअनुसार पीटीआईसमर्थित स्वतन्त्र उम्मेदवारले अहिलेसम्म करिब ४६ सिट जितेका छन् भने पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० ले ३८ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ३१ सिट जितेका छन् ।

पीटीआई समर्थित उम्मेदवारहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाको गढमा थिए, जबकि पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तको परिणाम अझै आउन बाँकी छ । सन् २०१८ मा सम्पन्न पछिल्लो चुनावमा पीटीआईले जितेको पञ्जावमा त्यसपहिले सरिफ परिवार ऐतिहासिक रूपमा हावी रहेको स्थान हो ।

अंग्रेजी भाषाको एक्सप्रेस ट्रिब्यून पत्रिकाको हेडलाइनमा भनिएको छ, “पीटीआई समर्थित उम्मेदवारहरूको बाधा र अवहेलनालाई सामना गर्दै स्वतन्त्रहरूले निर्वाचन परिणाममा चक्मा दिँदैछन् ।”

पाकिस्तानको येल विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक सारा खानले एएफपीसँग भन्नुभयो, “नतिजाबारे निश्चितताको भावना थियो ।”

उहाँले थप्नुभयो, “निर्वाचनबारेको निश्चितताको भावनालाई चुनौती दिँदै निर्वाचन परिणामले दलहरूलाई चकित तुल्याएको छ ।”