२५ जेष्ठ २०८३, सोमबार
,
Latest
गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठक सोमवार बिहान सिंहदरबारमा सुरू भएको छ ।

संसद्मा कायम गतिरोध अन्त्य गर्ने र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो । जारी बैठकमा विभिन्न राजनीतिक दलका शिर्ष तथा पदाधिकारी तहका नेताहरूको उपस्थिति रहेको छ ।

बैठकमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेकपा (एमाले) मुख्य सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरू सहभागी छन् ।

बैठकमा मुख्यगरी संसदको अवरोध हटाउने विकल्पहरू र मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेर छलफल भइरहेको बताइएको छ । सदन सुचारु गर्न दलहरूबीच सहमति जुटाउने प्रयासस्वरूप रास्वपाले यो पहल गरेको हो ।