काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्युठान जिल्ला सभापति पदमा विकास पोख्रेल निर्वाचित हुनुभएको छ । पार्टीको प्रथम जिल्ला अधिवेशनले उहाँलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।
पार्टीका संस्थापक सभापतिसमेत रहनुभएका पोख्रेल स्थापनाकालदेखि नै सङ्गठन निर्माणमा सक्रिय रहँदै आउनुभएको थियो । निर्वाचन समितिका अनुसार कूल ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए ।
खसेको मतमध्ये २०३ मत सदर र एक मत बदर भएको थियो । सभापतिमा पोख्रेल १५३ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी वमबहादुर सुनारले ४४ मत प्राप्त गर्नुभयो । उपसभापतिमा केशवबहादुर महतरा निर्वाचित हुनुभयो ।
त्यस्तै सचिवमा यज्ञविर पाण्डे, सहसचिवमा ओमहरि भट्टराई विजयी हुनुभयो ।












